Section 20
बाल न्याय सम्पादन गर्दा विचार गर्नु पर्ने कुराहरू
बाल न्याय सम्पादन कार्यमा संलग्न व्यक्ति, पदाधिकारी र बाल अदालतले न्याय सम्पादनको सिलसिलामा यस ऐनमा अन्यत्र उल्लिखित कुराका अतिरिक्त देहायका कुराहरू विचार गर्नु पर्नेछ ः-
(क) बालबालिकालाई असर पर्ने कुनै निर्णय गर्नु अघि निजको धारणा बुझ्ने,
(ख) बालबालिकाको हित र स्वार्थ जोडिएको कुनै पनि विषयमा निर्णय गर्नु अघि निजको बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकलाई आफ्नो भनाई राख्ने अवसर दिने,
(ग) बालबालिकाको उमेर, बौद्धिक विकासको स्तर, आस्था र साँस्कृतिक मूल्य मान्यता अनुरूपको बोली, वचन र व्यवहार गर्ने,
(घ) बालबालिकासँग सम्वाद गर्दा निजले चाहेको भाषामा गर्ने र आवश्यकतानुसार दोभाषेको सहयोग लिने।